सोलुखुम्बु, असार ८ गते । विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु भएको छ । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-११ घुन्सा नुनथला स्थितमा करेन्ट लागेर एक जना विद्युतको कर्मचारीको मृत्यु भएको हो ।
शनिबार दिउँसो विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर सोलु दुधकुण्ड-७ भित्ताखर्क का ३५ बर्षीय रविन बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागि गम्भिर घाईते भएका बस्नेतलाई उपचारकोलागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बु लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको प्रहरीले जनाएको छ ।

