इटहरी, असार १२ गते । सुनसरीको इटहरीमा माछा मार्ने क्रममा करेन्ट लागि एक जनाको मृत्यु भएको छ ।
इटहरी उप-महानगरपालिका- ७ स्थित माछा मार्ने क्रममा करेन्ट लागि खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका- ६ घर भई हाल सोहि स्थानमा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय देवान राईको मृत्यु भएको हो ।
बुधबार राती ९ बजे कोठाबाट करिव ५० मिटर टाढा रहेको खेतमा बिजुलीको तार जडान गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागि राई गम्भीर घाईते भएका थिए । उनको बिराट टिचिङ अस्पताल विराटनगरमा पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

