कोशी प्रदेश समाचार

प्रहरीद्वारा भन्सार छलीका १० लाख बराबरको अवैध सामग्री बरामद 

सुनसरी, २६ असोज । सुनसरी प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध सामग्रीहरु बरामद गरेको छ । 

चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले चेकजाँको क्रममा शनिबार  सुनसरीको गढी गाउँपालिका-२ स्थितबाट को.१ ह ८१७० नम्वरको ओटो टेम्पोमा भन्सार छली गरी ल्याउँदै गरेको करिव ५ लाख मुल्य बरावरको ५ सय पिस कुर्था सुरुवाल र देवानगंज गाउँपालिका-४ स्थिबाट करिव ४ लाख ५० हजार मुल्य बरावरको ९ सय पिस कुर्ता सुरुवाल बरामद गरेको छ । 

चेक जाँचकै क्रममा कोशी गाउँपालिका-७ स्थितबाट करिव ६३ हजार २ सय ८० रुपैया मुल्य बरावरको खाद्यान्नका सामग्री समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

   

You cannot copy content of this page