राजविराज, १७ मंसिर । सुनसरी प्रहरीले इनरुवा नगरपालिका-९ स्थित इनरुवा- जाल्पापुर भित्री सडक खण्डबाट ४ सय ६० किलोग्राम लागूऔषध गाँजा सहित सवारी साधन नियन्त्रणमा लिईएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक केशव कुमार थेवेको कमाण्डमा खटिएको प्रहरी टोलीले सडक छेउमा रोकी राखेको बा. ३ च ५५८५ नम्बरको स्कारपियो गाडीलाई संका लागी चेकजाँचको क्रममा गाडी भित्र उक्त परिमाणको गाँजा फेला परेको हो ।
गाडीबाट १६ वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको ४ सय ६० किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
गाडीबाट गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न चालकको खोजतलास तथा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।













