कोशी प्रदेश राजनीति

संखुवासभा-१ मा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

संखुवासभा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की विजयी भएका छन्।
कार्कीले १५ हजार ६ सय ३६ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिङ्मा शेर्पालाई ६ सय ३६ मतान्तरले पराजित गरेका हुन्। पराजित शेर्पाले १५ हजार मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन्।
यसैगरी श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा राईले ९ हजार ८५७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

   

You cannot copy content of this page