कोशी प्रदेश समाचार

एसईई परीक्षा केन्द्रमा अनियमितता : सहायक केन्द्राध्यक्ष माझी पक्राउ

बिराटनगर, २६ चैत । एसईई परीक्षामा अनियमितता गराएको आरोपमा एक जना सहायक केन्द्राध्यक्ष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ग्रामथान गाउँपालिका–६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा सञ्चालन भइरहेको एसईई परीक्षामा नियमविपरीत कार्य भएको विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
प्रहरीले उक्त केन्द्रका सहायक केन्द्राध्यक्षको रूपमा कार्यरत ग्रामथान गाउँपालिका–७ बस्ने अन्दाजी ४५ वर्षीय प्रेमलाल माझीलाई नियन्त्रणमा लिएको जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका माझीलाई शिक्षा ऐन २०२८ बमोजिम परीक्षा सम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page