धर्म संस्कृति समाचार

भोलि बुधबार सार्वजनिक बिदा

कञ्चनरूप (सप्तरी) । सरकारले मोहम्मद जयन्तीको अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा २०८३ साल भदौ १० गते बुधबार परेको मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको जनाएको छ। सोहीअनुसार भदौ १० गते मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा लागू हुने गृह मन्त्रालयले स्पष्ट पारेको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा सम्बन्धित सबैको जानकारीका लागि बिदासम्बन्धी निर्णय सार्वजनिक गरिएको उल्लेख छ।

मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामनासमेत व्यक्त गरेको छ।

   

You cannot copy content of this page