खेलकुद

प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता खेलमा सिरहा र बारा बिजयी

सप्तरी , १ पौष ।
राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवारको खेलमा सिरहाले महोतरीलाई र बाराले सर्लाहीलाई पराजित गरेको छन् ।
राजरंगशालामा भईरहेको सो पहिलो खेल मध्ये महोतरीले टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेटको नोक्सानीमा १ सय २९ रनको लक्ष्य दिएका थिए । महोतरीका लागि शोभा आलेले ३२ बलमा ५ चौक्काको मद्दतले ३८ रन तथा बिमला मगरले २९ बलमा २ चौक्काको मद्दतले २५ रनको योगदान दिन सफल भएका थिए । बलिंग तर्फ सिरहाका सन्तोषी चौधरी र कविता गौतमले १–१ बिकेट लिएका थिए ।
१ सय ३० रनको बिजयी लक्ष्यको साथ मैदानमा ओर्लेको सिरहाले सो लक्ष्य सजिलै १ बिकेट कै नोक्सानीमा हासिल गरेका थिए । सिरहाका लागि आरती चौधरीले प्रतियोगिताकै पहिलो अर्धशतक बनाउदै ४८ बलमा ९ चौक्काको मद्दतले ५२ रनको योगदान दिन सफल भएका थिए भने आरती चौधरी ५६ बलमा ३२ तथा सरस्वती चौधरी १४ रनमा नटआउट रहेका थिए । बलिंग तर्फ एक मात्र बिकेट महोतरीका गोमा आलेले प्राप्त गरेका थिए ।
खेलमा उत्कृष्ट ब्याटिंग गरेका सिरहाका अनुराधा चौधरीलाई म्यान अफ द म्याचको उपाधि प्रदान गरिएको थियो ।
बुधवार नै सम्पन्न दोश्रो खेलमा सर्लाहीका टिमले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १४ ओभर ४ बलमा सम्पुर्ण बिकेट गुमाई ६९ रनको योगफल तयार पारेका थिए । सर्लाहीका लागि कुनै पनि खेलाडीले दोहोरो अंक छुन नसकेकोमा अतिरिक्त रनको रुपमा ४४ रन प्राप्त गरेका थिए । बलिंग तर्फ बाराका साना प्रबिनले उत्कृष्ट बलिंग गर्दै ४ ओभरमा १ मेडन सहित ८ रन दिई ४ बिकेट प्राप्त गरेका थिए यस्तै चान्दनी अधिकारीले ४ ओभरमा १४ रन दिई ४ बिकेट प्राप्त गरेका थिए ।
७० रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको बाराले उक्त लक्ष्य सजिलै ६ ओभर ४ बलमा बिना बिकेट गुमाई प्राप्त गरेका थिए । बाराका लागि साना प्रबिनले ३० बलमा १ चौक्का सहित २० रनमा नटआउट रहेका थिए भने अतिरिक्तको रुपमा ४६ रन प्राप्त गरेका थिए ।
खेलको म्यान अफ द म्याच बाराका साना प्रबिनले प्राप्त गरेका थिए ।

   

You cannot copy content of this page