राजनीति

सरकारका सात मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको निर्णयमा असहमति जनाउँदै सरकारका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेहरूमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमािण पोखरेल, ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन, कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन् ।

सरकारका सात मन्त्रीद्वारा सामूहिक राजीनामा
   

You cannot copy content of this page