राजनीति

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय स्वागतयोग्य : नारायणमान बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई स्वागत
गरेका छन । सरकारको सिफारिसमा संसद विघटन भएसँगै बिजुक्छेले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निर्णयको स्वागत गरेका हुन् ।

सरकारले देशलाई अप्ठ्यारो परेको सूचना पाएपछि गरेको निर्णय स्वागतयोग्य छ, यसलाई नेमिकपा स्वभावीक रुपमा लिन्छ र समर्थन
गर्छ, बिजुक्छेले भने ।

राष्ट्रपतिको कदम ठिक कि बेठिक भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा बिजुक्छेले राष्ट्रपतिलाई आलोचना वा गाली गर्न नमिल्ने बताए ।
नेपालको वर्तमान राष्ट्रपति खोपाको देउता जस्तै भएको बताउँदै राष्ट्रपतिलाई आलोचना वा गाली गर्नु आवश्यक नभएको पनि बताए ।

चुनावमा जानुपर्ने स्थिति आउनु प्रचण्ड र माधव टिमका साथै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस मुख्य जिम्मेवार रहेको पनि उहाँले
बताउनुभयो । उहाँले चुनाव तोकिएकै मितिमा हुनुपर्नेमा जोड पनि दिनुभयो ।

सरकारले सबै हिसाव कितावका साथ यो कदम चालीएको हुनुपर्छ, चुनाव तोकिएकै मितिमा गर्नु देश र जनताको पक्षमा हुनेछ”, उहाँले
भन्नुभयो ।

विश्व सन्देश

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page