शुक्रबार, १२ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शुक्रबार, १२ मंसिर २०८३
समाचार

दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक युवक गम्भीर घाइते

दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक युवक गम्भीर घाइते भएका छन् ।
शनिबार दिउँसो २ बजेतिर बबई गाउँपालिका ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक रहेको झोलुङ्गे पुलमा झुन्डीएर टिकटक बनाउने क्रममा लडेर तुलसिपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापा गम्भीर घाइते भएका हुन् ।
थापाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकलमा रेफर गरिएको छ ।
थापा सहित २०/२५ जना साथीहरु पुरनधारा झर्नामा पिकनिक खान गएका थिए । त्यही क्रममा थापा टिकटक बनाउन भन्दै झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page