कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका–९ बाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका–९ मिलटोल निवासी ३६ वर्षीय नारदमणि बरही रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार साँझ कञ्चनरूप–९ मा चेकजाँच गर्ने क्रममा प्रदेश २–०१–००३ प ६९३४ नम्बरको मोटरसाइकलमा सवार बरहीलाई पक्राउ गरिएको हो । उनको साथबाट ४५० मिलिग्राम ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पक्राउ परेका बरहीलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखेर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ब्राउनसुगरसहित कञ्चनरूपबाट ३६ वर्षीय युवक पक्राउ
यो सांकेतिक तस्बिर हो, वास्तविक पक्राउको फोटो होइन।







