सोमबार, १० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर सोमबार, १० कात्तिक २०८३
कोशी प्रदेश

सुनसरीको कोशी गाउँपालिकाबाट अबैध हातहतियार सहित दुई जना पक्राउ

सुनसरी, पुष, ८ गते । सुनसरीको कोशी गाउँपालिकाबाट अबैध हातहतियार सहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ कोशी गाउँपालिका ८ भान्टाबारीमा हातहतियारको बिक्रिबितरण भईरहेको भन्ने बिशेष सूचनाका आधारमा स्थानीय ३५ वर्षीय मो. मुक्तार मिया र २७ वर्षीय सद्दाम मियालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट दुई थान कटुवा पेस्तोल , सोही पेस्तोलमा प्रयोग हुने ५ राउण्ड गोली, हतियार ओसार पसारमा निजहरुले प्रयोग गरेको २ थान मोटरसाईकल र २ थान मोवायल समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा मुलुकी अपराध (संहिता) ऐन २०७४ को हात हतियार खरखजना सम्वन्धी कसुरमा कानुनी प्रकृया अगाढी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अबैध हातहतियार सहित दुई जना पक्राउ
विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page