शिक्षा

SEE परीक्षा २०७७ सालको विद्यार्थी रजिष्ट्रेशन विवरण सच्याउने सम्बन्धमा

SEE परीक्षा २०७७ सालको विद्यार्थी रजिष्ट्रेशन विवरण रुजु सम्बन्धमा । सबै माध्यमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयहरु सप्तरी ।

SEE परीक्षा २०७७ सालमा सम्मिलित हुने विद्यार्थीहरुको राजिष्ट्रेशन इन्ट्री (कम्प्युटर अनलाईन इन्ट्री) विद्यालयहरुको प्रतिनिधी मार्फत इन्ट्रीको कार्य समाप्त भइसकेको र सो विवरणमा विद्यार्थीको नाम धर, जन्ममिति, वुवा/आमाको नाम, विद्यार्थी अध्ययनरत ऐच्छिक विषय फरक परेको भए यस कार्यालयमा मिति: २०७७/१०/१६ गते सम्म लिखित रुपमा प्रमाण सहित सच्याउने विवरण बुझाउनु हुन अनुरोध छ । यदि कुनै विद्यालयले विवरण रुजु नगरी विद्यार्थी विवरण फरक परेमा विद्यालय स्वयम नै जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

पुनश्च: विवरण रुजु गर्दा SEE: परीक्षा २०७७ सालमा सम्मिलित हुन १४ वर्ष उमेर पूरा भएको अर्थात विद्यार्थीको जन्नमिति वि.स. २०६३ चैत्र मसान्त वा सो भन्दा अगाडीको हुनुपर्ने कानुनी व्यवस्थालाई समेत मध्य नजर गरी कुनै विद्यार्थीको उमेर नपुग्ने देखिएमा सोही वमोजिम विद्यार्थीलाई परामर्श गर्न हुन अनुरोध ।

SEE परीक्षा २०७७ सालको विद्यार्थी रजिष्ट्रेशन विवरण सच्याउने सम्बन्धमा

   

You cannot copy content of this page