मंगलबार, ११ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, ११ कात्तिक २०८३
कोशी प्रदेश

बिराटनगरको कंचनबारीमा मिनि ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु

बिराटनगर, पुष ११ गते । बिराटनगरको कंचनबारीमा मिनि ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।
बिराटनगर ४ कंचनबारीमा शुक्रबार बेलुका सवा ६ बजे को १ क २८७८ नम्बरको मिनि ट्रकले को ३१ प २३ नम्बरको स्कुटीलाई ठक्कर दिदा दुहबी १२ का ५२ वर्षीय रामफल माझीको मृत्यु भएको हो ।
मिनि ट्रकले स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक माझी गम्भिर घाईते भएका थिए र घाईते माझीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा बेलुका ६ बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक मोरङ बुढीगंगाका ३८ वर्षीय प्रेम न्यौपाने नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page