माध्यमिक शिक्षा परीक्षा एसइई मा समावेश हुनका लागि यस वर्षको आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार पुस १६ गतेदखि माघ २१ गतेसम्म आवेदन फारम भर्नु समय तोकिएको छ ।
विगतमा साउनमै खुल्ने गरेको फारम यस पटक कोभिड–१९ महामारीका कारण पुसमा खुल्ला गरेको हो। फारम शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी यस वर्षको कक्षा ९ मा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीहरुका लागि पनि रजिष्ट्रेशन फारम भर्न बोर्डले आग्रह गरेको छ ।
बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलका अनुसार भर्खरै फारम खुला गर्ने निर्णय भएकाले जेठअघि परीक्षाको सम्भावना छैन ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2020/12/See2-584x1024.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2020/12/See2-584x1024.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment