सिरहा , पुष २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिरहा जिल्ला कमिटीद्वारा गोलबाजारमा आयोजित जिल्ला स्तरीय अगुवा नेता तथा कार्यकर्ताहरुको बृहत भेला हर्षोल्लासपूर्वक भव्यताका साथ सुसम्पन्न भएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जनलहर देखिएको छ । ओली पक्षले चोहर्वामा आज जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/135529527_3621026941325425_5400206377549836668_o-1024x512.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/135529527_3621026941325425_5400206377549836668_o-1024x512.jpg)
भेलालाई उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले विशेष सम्बोधन गर्नुहुर्दै सरकार बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा गएको बताउनुभएको छ । भेलामा नेकपाका सचिवालय सदस्यसमेत रहेका पोखरेलले निर्वाचित प्रधानमन्त्रीलाई षडयन्त्रमुलक ढंगले घेराबन्दीमा पारेर काम गर्न नदिएकाले सरकारले बाध्यात्मक अवस्थामा संसद विघटन गरी जनतामा जाने निर्णय गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनताको ६४ प्रतिशत मत पाएर निर्वाचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हातखुट्टा बाँधेर कामै गर्न नदिने, हरेक कुरामा लेनदेनको कुरा गर्ने, भागवण्डा खोज्ने मात्र काम भयो ।’ उहाँले जनता र राष्ट्रको हितमा काम गर्न खोज्दा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध आरोपपत्र तयार पार्ने, संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउने, राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेजस्ता षडयन्त्र भएकाले ती सबै षडयन्त्रहरुलाई चिर्न सरकारले प्रतिनिधिसभा विघटनको निर्णय लिएको दावी गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले प्रचण्ड र माधव नेपाल म्याद सकिएको औषधि जस्तै भएको बताउनुभएको छ। सोमबार सिरहाको गोलबजारमा नेकपा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले माधव नेपाल, प्रचण्ड र नारायणकाजी श्रेष्ठ टेस्टेट नेता भएको र उनीहरुले आन्दोलनलाई अगाडि बढाउँछु भन्नु ‘गोरुले दूध दिन्छ भन्नु’ एउटै भएको टिप्पणी गर्नुभयो।
यसैगरी पूर्व मन्त्री रघुवीर महासेठ , कानुनमन्त्री लिलानाथ श्रेष्ठ र नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सचिव सुमनराज प्याकुरेल लगायतले सो भेलालाइ सम्बोधन गर्नुभएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/135872262_3621026634658789_4821338619772464824_o-1024x512.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/135872262_3621026634658789_4821338619772464824_o-1024x512.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/135936991_3621028297991956_3071482946684458481_o-1024x512.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/135936991_3621028297991956_3071482946684458481_o-1024x512.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/135535081_3621027024658750_1831059044722185499_o-1024x512.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/135535081_3621027024658750_1831059044722185499_o-1024x512.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/135829744_3621028387991947_2635742087684185635_o-1024x512.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/135829744_3621028387991947_2635742087684185635_o-1024x512.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment