बृजमान तामाङ /
बिरेन्द्र बजार, २२ पुस। प्रतिनिधि सभाको पुनर्स्थापनाको माँग गर्दै जनता समाजवादी पार्टीले बुधबार सप्तरीको भारदहमा बृहत प्रदर्शन गर्दै विशाल बिरोध सभा आयोजना गरेको छ ।
प्रधानमन्त्री केपि ओलिको सिफारिसमा असंबैधानिक बाटोबाट राष्ट्रपति विधादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा जसपाले बिरोध प्रदर्शन र सभाको आयोजना गरेको हो ।
बिरोध सभालाई सम्बोधन गर्दै बक्ताहरुले गैर संबैधानिक बाटोबाट गरिएको प्रतिनिधि सभा पुनर्स्थापना नगरेसम्म आन्दोलन जारी राख्ने बताए । प्रधानमन्त्री ओलिलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै बक्ताहरुले ओलिको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध शसक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।
प्रधानमन्त्रीले आफ्नै पार्टीका अन्तरबिरोधलाई फेस गर्न नसकेर देशमा संकट उत्पन्न गर्नु खोज्नु देश र जनताको लागि दुर्भाग्य पुर्ण रहेको भन्दै बक्ताहरुले प्रधानमन्त्रीले चालेको निरङ्कुश कदमको बिरोध गरे । बक्ताहरुले मधेस बिद्रोह सहित विभिन्न पहिचानको कठोर आन्दोलन र सहिदहरुको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने नियतबस ओलिले प्रतिनिधि सभा विघटनको नाटक मंचन गरेको आरोप लगाए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/134649037_828152174703551_6141593835924770433_o-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/134649037_828152174703551_6141593835924770433_o-1024x768.jpg)
प्रतिनिधि सभा विघटन नभएको जिकिर गर्दै बक्ताहरुले ओलिको असंवैधानिक कदमको विरुद्ध राष्ट्रबादी शक्तिहरुलाई एकताबद्ध हुन आग्रह गरे । ओलिले देशमा द्वन्द्व सिर्जना गरेको बताउदै बक्ताहरुले राष्ट्रियता बिरोधि प्रधानमन्त्री ओलि र राष्ट्रपतिलाई आन्दोलनबाटै पदच्युत गराउने उद्घोष गरे ।
जसपा हनुमाननगर कंकालिनी नगरपालिकाका अध्यक्ष बिरेन्द्र माझी को अध्यक्षता तथा केन्द्रिय सदस्य एबम पुर्व बिधायक सुर्यनाथ यादवको प्रमुख आतिथ्यमा आयोजित बिरोध सभामा संघीय परिषद सदस्य एबम पुर्व साँसद लक्षमि चौधरी, केन्द्रिय सदस्यहरु श्याम सरदार, कल्पना चौधरी, कुमारनाथ मिश्रा,कल्पना चौधरी,बिजय यादवले सम्बोधन गरे ।
यसैगरी पार्टीका जिल्ला सदस्य निलेश झा,रामेश्वर यादव, शकिल अलि, तिरुहुत गाउँपालिकाका अध्यक्ष हेमन्त कुमार बहडखेर, हनुमान नगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिता यादव, युवा नेता भुबनेश्वर यादव (थापा) जसपा सप्तकोसी नगरपालिका अध्यक्ष राम कुमार यादव, कंचनरुप नगरपालिकाका अध्यक्ष सुदम्बर यादव,रामदेव मण्डल,अग्निसाईर कृष्णासवरन गापा अध्यक्ष राम देव यादव, सत्य नारायण चौधरी, तिरुहुत गापा अध्यक्ष बिरेन्द्र मिश्र, रेखा मेहता लगायतकाले सम्बोधन गरे ।
संघीय परिषद सदस्य श्याम देव यादवद्वारा संचालित कार्यक्रममा स्वागत राम चन्द्र साहले गरे । यसाघी बिपि माबिबाट प्रधानमन्त्री केपि ओलि र राष्ट्रपति भण्डारीको असंवैधानिक संसद विघटन बिरुद्ध चर्का नाराबाजी गर्दै भारदह बजार परिक्रमा गरि सहिद राजिव राउत चौक पुगेर बिरोध सभामा परिणत भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment