मधेस प्रदेश समाचार

खडक खोलामा निर्माण हुने पक्की पुलको निर्माण कार्य भारतीय सुरक्षा बलद्वारा अवरोध

महेन्द्र सदा /
पातो सप्तरी , २०७७ पुष २२ गते ।
सप्तरी जिल्लाको महेन्द्र राजमार्गको कठौना देखि पातो हुँदै करियोत बोर्डर सडक खण्ड अन्तर्गत खडक खोलामा निर्माण हुने पक्की पुलको निर्माण कार्य भारतीय सिमा सुरक्षा बल (एस.एस.बि) करियोतले अवरोध गरेको छ ।
डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैया गाउँको दक्षिणी भागमा बग्ने खडक नदी नेपाल र भारत बीचमा खडक खोलाको पुल निर्माण कार्य विगत १ वर्ष देखि कार्य सञ्चालमा भारतीय सुरक्षा निकायले अवरुद्ध गरेको छ ।

२०७६ माघ ८ गते हुलाकि राजमार्ग र ईलाट कन्ट्रक्सन प्रालि काठमाडौं बीच भएको सम्झौता अनुरुप यहाँ सम्पूर्ण निमार्ण सामाग्रीहरु , पुल बनाउने ठाउँ, कामदारहरु , टेक्निसियनले समेत काम सुरु गर्न लाग्दा भारतियले सिमा बिवाद देखाई नेपालको भूमिमा समेत कार्य गर्नमा रोक लगाएको छ ।

सिमा समस्याको सवालमा सप्तरी जिल्ला प्रशासन प्रमुख , जिल्ला सुरक्षा प्रमुख, नेपाल प्रहरी , शसस्त्र प्रहरी प्रमुख एवंम समाजका बुद्धिजिविहरु , जनप्रतिनिधिहरु तथा पारीका मधुवनि जिल्ला करियोत गाउँका समाजसेवी बुद्धिजिविहरु एवं राजनैतिक कार्यकर्ता बीच बहस छलफल समेत गरी पुल निमार्ण हुनुपर्छ भन्ने सबैको सकृय विचार रहेको छ ।
उक्त सिमा बिवाद सम्बन्धमा जिल्लाका प्रमुखहरुले अमिन खटाई दुबै तर्फबाट सिडियो , बिडियो समेतले नाप जाँच प्रतिवेदन दुवै तर्फ लिखित रुपमा अगाडि बढाएको गृह मन्त्रालय र भारतीय डियमलाई समेत पत्राचार गरेको सिडियोले बताएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page