शुक्रबार, १४ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शुक्रबार, १४ कात्तिक २०८३
समाचार

कञ्चनरुप नगरपालिकाद्वारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण

कञ्चनरुप , २०७७ पुष २१ गते । कञ्चनरुप नगरपालिकाले आज मंगलबार इलाका प्रहरी कार्यालय कञ्चनपुरलाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।

मोटरसाइकल हस्तान्तरण गर्दै नगर प्रमुख वसन्तकुमार मिश्रले नगरभरि शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरीलाई गस्ती गर्न सजिलो होस भनेर नगरपालिकाले एक मोटरसाइकल हस्तान्तरण गरेको बताउनुभयो ।

नगर उपप्रमुख निरु पोखरेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडका, बालमैत्री स्थानीय शासनका फोकल पर्सन राजेश कुमार यादव लगायतका वक्ताहरुले नगरभित्र चोरी, लागूऔषध सेवनलाई न्यूनीकरण गर्न प्रहरीलाई भनेको बेलामा गस्ती गर्न सजिलो होस भनेर मोटरसाइकल प्रदान गरिएको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण जस्ता घटनालाई प्रहरीले आत्मबलका साथ न्यूनीकरण गर्दै जाने प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रहरीलाई मोटरसाइकल हस्तान्तरण
विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page