राजनीति

प्रधानमन्त्री ओलीको समर्थन भोली काठमाडौंमा धोती, कुर्था, गम्छा लगाएकाहरुले भब्य प्रदर्शन गर्दै

काठमाडौं । शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट भब्य धोती जुलस निकालिने भएको छ । नेकपाको भ्रातृ संगठन युवा संघ प्रदेश २ ले धोती कुर्था गम्छा मधेशी के शान बा ,केपी ओली हमनी सबके जान बा भन्ने मुल नाराका साथ सो जुलुस निकाल्न लागेको हो ।
युवा संघका नेता सञ्जिव झाका अनुसार संस्थापन नेकपा र यसका अध्यक्ष केपी शर्मा ओलीको समर्थन गर्दै जुलुस प्रदर्शन गर्न लागिएको हो ।
जुलुस तथा सभाका सहभागीहरुले तराईको पहिचानका रुपमा रहेको धोती, गम्छा र कुर्था लगाएका हुनेछन् ।
माइतघर मण्डलामा हुने धोती सभामा नेकपाका स्थायी समिति सदस्य योगनारायण यादव, नेता महेश बस्नेत लगायतले सम्बोधन गर्नुहुने छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page