अर्थतन्त्र

ऊँ बहुमुखी सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा सम्पन्न

बृजमान तामाङ /
बिरेन्द्र बजार, २८ पुस ।
श्री ऊँ बहुमुखी सहकारी संस्था लिमिटेड सितापुर कोलोनीको २३ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रमेश कुमार सिंह थारुको अध्यक्षता तथा सदाबाहार बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष शैलेन्द्र कुमार झाको प्रमुख आतिथ्यमा एक समारोहका बिच साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि झा, युवा स्वराजगार कोष सप्तरीका अध्यक्ष हरिदेव चौधरी, सहकारी बैंक राजबिराजका प्रतिनिधि आनन्द झा, नेपाल आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, सितापुर ईटहर्वा बजार ब्यवस्थापन समितीका अध्यक्ष बेचन प्रसाद चौधरी, अग्निसाईर कृष्णासवरन गाउँ पालिकाका उपाध्यक्षका प्रत्यासी उम्मेदवार शैलेन्द्री देवि लेखी, पुर्व गाबिस सचिब महेश चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारी संस्थाहरुले ठूलो योगदान गरेको बताए ।


यसैगरी चम्पामाई सहकारी संस्थाका अध्यक्ष रामेश्वर चौधरी, तपेश्वरी सहकारी संस्थाका अध्यक्ष रामदास चौधरी, संस्थाका लेखा समिती संयोजक मिलन चौधरी, शेयरधनी संतोषी चौधरी समेतकाले शुभकामना मनतब्य व्यक्त गरे ।
साधारण सभामा संस्थाका ब्यबस्थापक दिनेश कुमार चौधरीले आर्थिक बर्ष २०७५/०७६ को ८८ लाख ७८ हजार ७ सय ७३ रुपैयाको आयब्याय सहितको लेखापरीक्षण प्रतिबेदन प्रस्तुत गरे ।
कार्यक्रमको संचालन उपाध्यक्ष योगेन्द्र प्रसाद चौधरीले गरेका थिए । उक्त संस्थामा ३ सय ३५ जना महिला र १ सय ७२ जना पुरुष गरि ५ सय ७ जना शेयरधनी सदस्य रहेका छ्न ।

   

You cannot copy content of this page