अर्थतन्त्र समाचार

मनकामना बहुमुखी सहकारी संस्था फत्तेपुरको १२ औं वार्षिक साधारणसभा सम्पन्न

खगेन्द्र कार्की
फत्तेपुर , पुष २६ गते ।
मनकामना बहुमुखी सहकारी संस्था फत्तेपुरको १२ औं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।
सप्तरीको फतेपुर,ओद्रहा,कमलपुर,पिप्रापुर्ब,कंचनपुर ,जगतपुर र धरमपुरलाई कार्यक्षेत्र बनाई २०५७ सालमा स्थापना भएको सहकारीको ४ सय ६३ जना सेयर सदस्य रहेका छन् ।
संस्थाले आ.व. २०७६ ०७७ को १२ करोड ३४ लाख ८७ हजार १ सय ६४ रुपैयाँ ८२ पैसा बराबरको आयब्याय प्रस्तुत गरेको छ।

सहकारीले किसानहरुको जीवनस्तर उकास्ने उदेश्य राखी पशुपालन, कृषि ब्यावसायलाई सहुलियत ब्याज दरमा कर्जा उपलब्ध गराउनुका साथै किसानहरुलाई दुग्ध खरिद बिक्री समेत गर्ने गरेको छ। गाउँमा छरिएर रहेको पूंजीलाई संकलकको माध्यम बाट घर घरमा पुगि दैनिक बचत संकलन गरि १ लाख सम्म बिना धितो कर्जा प्रबाह गरि सेयर सदस्यहरुलाई सेवा दिदै आएको संस्थाका ब्यावस्थापक पिताम्बर बरालले जानकारी दिए ।
अपनाउ सहकारी पद्धति हटाउ गरिबी र बेरोजगारि भन्ने मुल नाराका साथ आयोजना गरिएको साधारण सभामा अशोक चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संस्थाका स ब्यावस्थापक दिपक खड्काले कार्यक्रम सन्चालन गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page