राजनीति

प्रमुख प्रतिपक्षी द्ल नेपाली कांग्रेसले सप्तरी लगायत देशभर बिहीबार विरोध प्रदर्शन

कञ्चनरुप , माघ ८ गते । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी द्ल नेपाली कांग्रेसले सप्तरी लगायत देशभर बिहीबार विरोध प्रदर्शन गरेको छ ।
प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम विरुद्ध कांग्रेस धादिङले बिहीबार दोस्रो चरणको आन्दोलन अन्तर्गत सप्तरीको १ सय ६४ वटै वडाहरूमा विरोध प्रदर्शन गरेको हो ।
बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध कांग्रेस चरणबद्ध रूपमा देशव्यापी प्रदर्शन गरिएको नेपाली काङ्ग्रेस सप्तरीले जनाएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा काँग्रेसको दायित्व भएकोले आफूहरु चुप लागेर नबस्ने सहभागिहरुले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page