समाचार

कञ्चनरुप नपाद्वारा बालविकास केन्द्रका बालबालिकाहरुलाई न्यानो कपडा वितरण

उत्तम आचार्य /
कञ्चनरुप, २०७७ माघ ९ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले आज शुक्रबार बाल विकास केन्द्रका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
शंकर माध्यमिक विद्यालय रुपनगरमा रहेको बाल विकास केन्द्रमा अध्ययन गर्ने ४५ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्दै नगर प्रमुख बसन्त कुमार मिश्रले जाडोको समयमा साना नानीहरुलाई विद्यालय आउन समस्या हुने भएकाले न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।
नगरपालिका शिक्षा शाखाका ललितनारायण यादवले २५ वटा सामुदायिक विद्यालयमा ४२ वटा बालविकास केन्द्र रहेको र सबै बालविकास केन्द्रमा न्यानो कपडा वितरण गरिने बताउनुभयो ।
उपप्रमुख निरु पोखरेलले मदर्सामा अध्ययन गर्ने साना बालबालिकाहरुलाई समेत न्यानो कपडा वितरण गरिने जानकारी दिनुभयोे ।
न्यानो कपडा वितरण कार्यक्रममा अभिभावक , प्रधानाध्यापक , शिक्षक , विद्यार्थी , सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

कञ्चनरुप नपाद्वारा न्यानो कपडा वितरण

   

You cannot copy content of this page