समाचार

सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

सप्तरी , २०७७ माघ १० गते ।
सप्तरीमा शनिबार तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
बिसनपुरबाट जाँदै गरेको प्र २–०१–००१ प ६४०३ नम्बरको मोटरसाइकल बोदे बर्साइनमा दुर्घटना हुँदा खडक नगरपालिका–८ का १८ वर्षीय सुदिप चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जानकारी दिएको छ। चौधरीको उपचारका क्रममा मृत्यु भएको र उनी मोटरसाइकलको बीचमा बसेका थिए।
मोटरसाइकल चालक खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडि सवार सोही ठाउँका १८ वर्षीय दिबेश चौधरी गम्भीर घाइते भएका छन्। टाउको र शरीरको विभिन्न भागमा चोट लागी घाइते उनीहरुको बोदे बर्साइनस्थित जीवनदीप अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि युनिक अस्पताल रुपनी ल्याइएको छ।
तीब्र गतीको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको डिएसपी भुवनेश्वरप्रसाद साहले बताए। दुर्घटना भएको मोटरसाइकल अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बोदे बरसाइनमा राखिएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page