खेलकुद

सन्दीपले आज सिड्नी सिक्सर्सविरुद्ध उत्कृष्ट बलिङ गर्दै चार ओभरमा महत्वपूर्ण २ विकेट लिए

HOBART, AUSTRALIA - JANUARY 04: Sandeep Lamichhane of the Hurricanes celebrates the wicket of Glenn Maxwell of the Stars during the Big Bash League match between the Melbourne Stars and the Hobart Hurricanes at Blundstone Arena on January 04, 2021 in Hobart, Australia. (Photo by Steve Bell/Getty Images)

काठमाडौं: अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)अन्तर्गत सिड्नी सिक्सर्सविरुद्ध होबार्ट हरिकेन्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् ।

उनले आज चार ओभरमा महत्वपूर्ण २ विकेट लिएर २४ रन खर्चिए । योसँगै जारी सिजनमा सन्दीपले ७ म्याच खेल्दा ८ विकेट लिएका छन् ।

सन्दीपले कप्तान हेनरिक मोइसेस र स्टार अलराउन्डर डानियल क्रिस्टियनको विकेट लिए ।

मोइसेसलाई सन्दीपले ४३ रनमा क्याच आउटको सिकार बनाए । क्रिस्टियनलाई भने उनले शून्य रनमै क्लिन बोल्ड गरे। सन्दीपले आज पहिलो ओभरमा बिनाविकेट ८, दोस्रो ओभरमा बिनाविकेट ६, तेस्रो ओभरमा २ विकेटसहित ८ र अन्तिम ओभरमा बिनाविकेट ३ रन खर्चिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page