डम्बर राई /
कञ्चनरुप सप्तरी ,माघ १४ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले राजविराजको सबैभन्दा पूरानो एकमात्र औधोगिक क्षेत्रको विकास र स्व. रामराजा प्रसाद सिंहको नाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण हुने जानकारी गराउँनु भयो । पूर्व उधोग बाण्ज्यि मन्त्री मातृका यादव लगायतका मन्त्रीहरुले सप्तरीमा नयाँ उधोग धन्दा निर्माण गर्न त सकेन तर भएकालाई पनि ठीक ढंगले संचालनमा नल्याएको वहाँले बताउँनु भयो ।
स्व. सिंहको नाममा राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गरिने भनेर सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल भदौ २ गते नै उद्घोष गरिसक्नु भएको थियो तर प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयका कारणले यो कामको शिल्यानास समेत हुन सकेन । दुई दिन अगाडी मात्र बसेको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको जानकारी दिनुहुदै यसमा सप्तरीवासी ढुक्क हुनुस् निकट भविश्य मै यो काम शुरु हुन्छ उपप्रधान मन्त्री पोखरेलले विश्वस्त दिलाउँनु भयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/IMG_20210126_153356-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/IMG_20210126_153356-1024x473.jpg)
म्ांंगलबार पार्टीद्वारा राजविराजमा आयोजना गरिएको बिसाल सभामा सहभागि हुन आइपुग्नु भएका सभाका मुख्य पाहुना उपप्रधानमन्त्री पोखरेलले लामो समयसम्म मैथिली, भोजपुरी भाषामा भन्नुभयो—करिव एकबर्ष सम्म कोरोना संक्रमणले हामी आक्रान्त बन्यौँ यस घडिमा उत्तर, दक्षिण सिमा नाकाहरु बन्द गरियो तर अब विस्तारै विस्तारै संक्रमण कमजोर बन्दै गएकोहुँदा उत्तर चिन र दक्षिण भारतको सिमानाका खुलाइएको छ । हामीलाई पारवहनमा संकट नहोस् भनेर यी सिमा नाकाहरु खुलाइएको हो र अब खुल्लारुपमा आवत जावत गर्न सकिने छ ।
कोरोना संक्रमणबाट मुक्त हुन नेपाल सरकारले नेपालमा कोरोना विरुद्व चार लाख नेपालीलाई सुई लगाइने छ । यसका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा आवश्यक काम कारवाही गर्न लागिएको वहाँले जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले भन्नुभयो—ठुला देशहरुले यो भ्याक्सिन तयार गरेर कोरोना बाट बच्न सक्षम परिस्थ्तिि निर्माण गर्यो तर नेपाल जस्तो गरिवि देशमा पनि सम्मानिय प्रधान मन्त्री केपी शर्मा ओलीले यो सम्वभ गराएरै छाड्नु भयो । उहाँले वर्तमान अवस्थामा पाटीृको कित्ताकाँटको परिस्थितिको बारेमा भन्नुभयो —यो अध्यक्ष र प्रधानमन्त्री पदको विवादले सिर्जना भएको हो बहुमत प्राप्त सरकारलाई प्रचण्ड र माधव नेपालले नै पाँच बर्ष चल्न दिइएन । सरकारलाई काम गर्न जहिले पनि असजता वातावरण निम्त्याई रहयो अनि सरकारले चालेका कदममा धाँजो लगाउँने बाहेकका कामै गरेनन् प्रचण्ड, नेपालले ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/142731817_130895918875765_3769122925385567658_n-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/142731817_130895918875765_3769122925385567658_n-1024x473.jpg)
सम्मानिय प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर देशमा नराम्रो काम गरेकै छैन मन्त्री पोखरेलले भन्नुभयो — जनताले गरेको निर्णयलाई जनता समक्ष बुझाएको हो । हिजो तपाइहरुले सरकार चलाउँन भनेर दिइएको मतको भावनालाई नबुझने केहि प्रतिगमनकारीहरुले अवरोध सिर्जना गर्न थालेपछि पुन यसको निर्णय तपाइहरु नै गर्नुस् भनेर प्रतिनिधि सभा भंग गरेर जनता समक्ष पठाई दिइएको हो । बैसाख १७ र २७ गतेको निर्वाचनले यसको नतिजा निकाल्ने छ , हेर्दै जानुस् जनताले कसरी तपाइहरुलाई चित्त बुझाउँनेछन्् ।
स्थायी समिति सदस्य, तथा पूर्व मन्त्री सत्य नारायण मण्डलले कुर्सी र पदको मोहमा परेका प्रचण्ड, नेपालले या बाहेक देशका निम्ति कुनै काम गर्न लायक नरहेको बताउँनु भयो । यिनिहरु बाँदर जस्तै हुन् आफु पनि केहि गर्दैन र अरुको घर पनि भत्काइदिन्छ । सम्मानिय केपी शर्मा ओलीलाई संसद भंग गर्न बाध्यता बनाउँने प्रचण्ड, नेपाल हो तसर्थ जनताले यि दुष्टहरुलाई आगामी चुनावमा चित्त बुझाइदिने छन् हेर्दै जानुस् नेता मण्डलले भविश्यवाण्ी गर्नुभयो ।
नेपालको इतिहासमा नेकपाको दुई तिहाई बहुमतको सरकार स्थापना भएको थियो तर यसलाई पूर्ण कार्यकाल सम्म संचालन गर्न प्रचण्ड,माधवले दिइएन अर्का स्थायी समिति सदस्य एवं पूर्व मन्त्री रघुवीर महासेठले बताउँनु भयो — पार्टी सकरात्मक विचार र उद्घेश्यले एकता भएको थियो तर त्यो नक्कली रुप धारण गरेर पार्टीभित्र प्रवेश गरेको रहेछ ।
त्यस्तै केन्द्रिय सदस्य, प्रदेश नम्बर २ का अध्यक्ष एवं शहरी विकास मन्त्री प्रभु साहले मधेश तराईको छविमा केहि कुकर्म एवं गलत क्रियाकलाप गर्ने गिरोहले प्रदेश नं. २ कै ऐतिहासिक पवित्र उदगम स्थल भूमीलाई खसाल्ने काम भएको भन्दै दुख व्यक्त गर्नुभयो । वहाँले हिजोको इतिहासलाई कोट्याउँदै भन्नुभयो—कुलैबेला यस प्रदेश देश विदेशमा समेत चर्चित थियो, भगवान गौतमबुद्घ, राजा जनक लगायत विभिन्न महर्षिहरुको तपोभुमी,कुसल राजा महाराजाहरुको भुमी आज विभिन्न गलत क्रियापलापका कारण आज त्यो पवित्रता नाम मिटाउँने काम भएको छ । हिजोे राजविरावको मान्छे प्रद्श नं. २ को कार्यालय जनकपुर जान्थ्यो एउटा शुद्घ मनले तर आज विस्तारै त्यो पनि सकियो अब जाँदा भागबण्डा र कमिशनको कुरा मनमा राखेर जान्छन् ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/142897620_170100264519148_7333677208076361154_n-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/142897620_170100264519148_7333677208076361154_n-1024x473.jpg)
यसरी नै यो पत्रि भुमीकोे मर्यादालाई सिध्यायो यहाँका दुश्कर्मीहरुले । कमीशनको राज, भ्रष्टाचारको जड लगायतका गलत कार्यलाई अन्त्य गर्दै तराई मधेशको छवीलाई उचाईमा ल्याउँन यो सरकारले अहम भुमिका खेलेको मन्त्री साहले बताउँनु भयो । वहाँले आग्रह गर्दै भन्नुभयो—समृद्घशाली तराई मधेश बनाउँन साथै उचाइमा पुर्याउँन सबै कम्युनिष्टहरु एकजुट हौ यहि नै हाम्र्रो उद्वेश्य हो । जति मानिसहरुमा चेतनाको विकास भयो त्यत्ति नै यस धर्तिको विनास तथा बदनाम हुदै गयो । भ्रष्टाचार, दिनदाहाडै लुटपाट, हत्या, हिंसा लगायतका गलत कार्यका कारण हाम्रा् शिर झुक्ने र इजजतमा दाग लाग्ने काम हुदैछ यसबाट तराई मधेशका नागरिकलाई सचेत मन्त्री साहले आग्रह गर्नुभयो ।
केन्द्रिय सदस्य एवं कानुन मन्त्री लिला श्रेष्ठ, महिला बालबालिका मन्त्री जुली महत्तोले बर्तमान सरकारले जस्तो विकासका लहर नेपालकै इतिहासमा अरु कुनै सरकारले गर्न नसकेको दावी गर्नुभयो । मन्त्रीद्वयले भन्नुभयो—नेपालमा रेलमार्ग, फास्ट ट्रयाक, पूर्व पश्चिम चारलाइन मार्ग, नेपालगञ्ज, पोखरा र नीजगढ अन्तराष्ट्रिय विमानस्थल लगायतका धेरै सडक बाटो पालिका शहरी विकास योजना केपी शर्मा ओली सरकारले नै थालनी गरेको उदाहरण पस्केका थिए ।
त्यस्तै केन्द्रिय सदस्य उवं प्रदेश नं. २ का सचिव तथा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले पनि यस देशको समुन्नत विकास एवं समृद्घ नेपालको परिकल्पना केपी शर्मा ओली बाहेक कसैले गर्न नसक्ने ठोकुवा गर्नुभयो । वहाँले अब बैशाखमा हुने चुनावमा विकासको मुलदाता तथा देशपे्रमी ओली पक्षलाई भारी मतले जनताले विजय गराउँने छन् विश्वस्त दिलाउनु भयो ।
जिल्लाको १८ वटै पालिकाबाट हजारौंको संख्यामा मोटरसाइकल, भ्यान, बस, ट्याक्टर लगायत सवारी साधनमा आएका पार्टीका सुवा महिला, एवं कार्यकर्ताले राजविराज रंगिएको थियो । महिला नेतृ रञ्जु ठाकुर , केन्द्रिय सदस्य सुखराम यादव लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संविधान सभा सदस्य ताराकान्त चौधरीको अध्यक्षतामा सम्पन्न सभामा विभिन्न पार्टी परित्याग गरि आएका १५ सय बढिले नेकपामा प्रवेश गरेका छन् । सभाका प्रमुख अतिथि उपप्रधान मन्त्री, विशिष्ठ अतिथि प्रदेश नं. २ इन्चार्ज मण्डल लगायत मञ्च आसिन नेतागणले फूलमाला र अविर लगाएर स्वागत गरेका थिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/IMG_20210126_134538-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/01/IMG_20210126_134538-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment