धर्म संस्कृति

बेल्हि चपेनामा विश्व शान्ति स्थापनाका लागि बिष्णु महायज्ञ हुने

रामनारायण यादव /
राजविराज, १८ माघ ।
सप्तरीको राजगढ गाउँपालिका–४ बेल्हि चपेनामा विश्व शान्ति स्थापनाका लागि सिताराम नाम सकिर्तन तथा बिष्णु महायज्ञ आयोजना हुने भएको छ ।
आइतबार सदरमुकाम राजविराजमा आयोजित पत्ररका सम्मेलनमा जगतनन्दन दास (पगला बाबा) ले महायज्ञको बारेमा जानकारी गराउँदै अगामि चैत्र २ गतेदेखि १२ गतेसम्म नवरात्रि १० दिन सम्म आयोजना हुन लगोको बाबाले जानकारी दिए ।
महायज्ञमा करिब १ करोड खर्च हुने अनुमान गरिएको हो । यस्तो महायज्ञ नेपालमा पहिलो पटक हुन लागेको आयोजक समितिका सन्योजक गजेन्द्र मण्डलले बताए ।
विश्व शान्ति स्थापना र प्राकृतिक प्रकोपबाट जोगिनको लागि आयोजना हुने सो बिष्णु महायज्ञको तयारी तिव्र रुपमा भइरहेको सन्योजक मण्डलले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
सो महायज्ञमा १ सय ८ मरवा सहित भव्य महायज्ञ गर्ने तयारिमा लागेको तथा उक्त महायज्ञमा १ सय ८ मण्डलि आफ्नो गाँउमा रहेको र जिल्ला भरीमा २ सय ५३ मण्डलि रहेको संयोजक मण्डलले बताए । महायज्ञको लागि गाउँबासिहरुले आफुखुशि आर्थिक सहयोग गर्न तत्परता देखाएको छ । महायज्ञमा २५ सय मण्डलि रहने आयोजक समितिका संयोजक मण्डलले पत्रकार सम्मेलनमार्फत जानकारि दिए ।
महायज्ञबाट भएको आम्दानि सोहि गाउँमा रहेको रामजानकि मन्दिरलाई सरक्षण सम्बद्धन गर्ने र बढी भए काठमाडौमा हुने महायज्ञमा समेत आर्थिक सोहयागे गर्ने संयोजक मण्डलले बताए ।
उक्त महायज्ञमा सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न सम्पूर्ण जिल्लाबासि र देशबासिहरुमा अनुरोध गरिएको छ ।
उक्त महायज्ञमा ३ सय देखि ५ सय सम्म युवा स्वयंसेवक समेत परिचालन गर्ने तथा मुल आयोजक समिति ७५ सदस्यीय रहेको संयोजक मण्डलले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page