राजनीति

मांसाहारी आन्दाेलन गर्नेलाई जाउलाखेलकाे चिडियाखानामा राखिने छ : गृहमन्त्री थापा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दाेलन गर्नेलाई जाउलाखेलकाे चिडियाखानामा राखिने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै राजीनामा नगरे मांसहारी आन्दोलनबाट विस्थापित गर्ने भनेका छन् मांसाहारी आन्दाेलन गर्नेलाई जाउलाखेलकाे चिडियाखानामा राखिने छ ।

सभा शुरु हुनुभन्दा अगाडि विभिन्न स्थानबाट जुलुस निकालेको थियो । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा शुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको थियो । जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको थियो ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ आज बृहत्सभा गर्न थालिएको हो । जुलुसमा कम्युनिष्ट आन्दोलनको रक्षा गराँै, राष्ट्रिय स्वाधीनताको रक्षा गराँै, हामी जनता जाग्दैछाँै निर्वाचनमा लाग्दैछौँ , कम्युनिष्ट आन्दोलनको रक्षा गराँै जस्ता नारा लगाइएको थियो ।

पार्टी प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट नेता, कार्यकर्ता र पार्टी समर्थक आउने बताउनुभयो । सभा सफलतापूर्वक सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको थियो । postkhabar

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page