सप्तरी , माघ २४ गते । प्रतिनिधिसभा विघटना विरुद्ध नेपाली काँग्रेसका भातृ संघ–संगठनले आज देशभर प्रदर्शन गर्दैछन्।
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको तेस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत आज शनिबार भातृ संगठनहरुले देशभर प्रदर्शन तथा सभा गर्न लागेका हुन्।
माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।
जसअन्तर्गत आज देशभरका भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई विरोधमा उतार्ने भएको हो। आज ७७ जिल्लामा १८ शुभेच्छुक संघ–संगठनले विरोध प्रदर्शन गर्ने कांग्रेसले जानकारी दिएको छ।
प्रतिनिधिसभा विघटना विरुद्ध नेपाली काँग्रेसका भातृ संघ–संगठनले आज देशभर प्रदर्शन गर्दै












Add Comment