मधेस प्रदेश समाचार

१३ वर्षकी बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

जनकपुरधाम । बालिका बलात्कारको आरोपमा प्रहरीले धनुषामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव रहेका छन् । प्रहरीका अनुसार मुस्कान खातुनले १३ वर्षकी बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौनधन्दामा लगाउने गरेकी थिइन् ।
खातुन लक्ष्मीनियाँमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्यस क्रममा मुस्कानले यादव समेतलाई कोठामा बोलाई पीडित बालिकासँग यौन सम्बन्ध राख्न लगाएको प्रहरीको भनाइ रहेको छ । पटक–पटकको बलात्कारपछि बालिका गर्भवती भएपछि घटनाबारे परिवारले थाहा पाएको थियो ।
प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर फरार रहेका खातुन र यादवलाई बिहीबार ६ बजे रातको समयमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए । पक्राउ परेका दुबै जना स्थानीय हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page