समाचार

सुरक्षित सिकाइ परियोजनाद्वारा सरोकारवालाहरुसँग अन्तरक्रिया तथा अभिमुखिकरण सम्पन्न

महेन्द्र सदा /
पातो सप्तरी ।
विश्व शिक्षाको सहयोगमा आसमान नेपालद्वारा संचालित सुरक्षित सिकाइ परियोजनाले लैङ्गिक हिंसा विद्यालय स्तरीय आचारसंहिता निर्माण , द्वन्द समाधान सम्बन्धि अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम शम्भुनाथ नगरपालिका , सप्तकोसी नगरपालिका , डाक्नेश्वरी नगरपालिका र बोदेबर्साइन नगरपालिकाको ३० वटा विद्यालयहरुमा संचालन गरिएको छ ।
विद्यालयमा शैक्षिक प्रणलीको सुदृढिकरणमा विकास र सघाउ , शिक्षक वर्गको क्षमता विकासमा सघाउ, विद्यालय तथा समूदायमा विद्यार्थीहरुको क्षमता विकासमा सघाउ , समुदायको सहभागिता सुनिश्चित गर्नु मुख्य भुमिका रहेको छ ।
सो कार्यक्रममा रामसागर यादवले सहयोगीताको भूमिका निरवाह गरेको परियोजना संयोजक अमित दाहालले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page