समाज

बोदे बर्साईनमा तिब्र गतिमा रहेको विङ्गर अनियन्त्रित भई दुर्घटना हुदा दर्जनौं घाइते

कञ्चनरुप , २५ फागुन । सप्तरीको बोदे बर्साईन नगरपालिका ३ गौरा स्थित तिब्र गतिमा रहेको विङ्गर अनियन्त्रित भई दुर्घटना हुदा दर्जनौं घाइते भएका छन्।
आज बिहान ४ बजे बोदे बर्साईन नगरपालिका ३ गौरा स्थित सगरमाथा डेरी उद्योगको पर्खालमा तिब्र गतिमा रहेको विङ्गर अनियन्त्रित भई ठोक्किदा १२ जना घाइते भएका हुन् ।
ना १ ज ८९३८ नम्बरको गाडी बिसनपुर गाउँपालिका १ मधेपुरा बाट जन्ती लिई घर काचन फर्कने क्रममा तीब्र गतिको कारणले गर्दा अनियन्त्रित भई दुर्घटना भएको हो ।
घाइते मध्ये दुई जना गम्भीर घाइते भएका छन् भने चालक सहित दर्जनौं घाइते भएको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख अरुण सिंहले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page