समाज

सप्तरीमा जन्ती बोकेको विङ्गर दुर्घटना हुँदा १२ घाइते, दुई गम्भीर

राम नारायण यादव /

राजविराज, २५ फागुन । बिष्णुपुर–बसाईन सडक खण्ड अन्तर्गत सप्तरीको बोदे बसाईन नगरपालिका वडा नम्वर ३ गौरामा जन्ती बोकेको विङ्गर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जन्ती लिएर ना.१ ज ८९३८ नम्बर भएको विङ्गर काचन बाट गएको जन्ती विष्णुपुर गाउँपालिका वडा नम्वर १ मधेपुरा बाट घर फर्किने क्रममा आज (मंगलबर) बिहान ४ बजेको समयमा दुर्घटना हुदाँ विङ्गरमा सवार १२ जना घाइते भएका छन् ।

स्थानीका अनुसार विङ्गर तीव्र गतिका रकारण अनियन्त्री भई सगरमाथा डेरीको बालमा ठोकिदा दुर्घटना भएको हो । दुर्घटना हुँदा विङ्गरमा सवार बोदे बसाईन नगरपालिका वडा नम्वर ८ काचन का ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देव नारायण दास रहेका छन् उनिहरूको रुपनी गाउँपालिका स्थित युनिक हस्पिटलमा उपचार भईरहेको छ ।

सोही नगरपालिकाका २३ बर्षीय रबिन कुमार दास, ५० बर्षीय राम दास, ३५ बर्षीय शिव कुमार दासको स्थानीय एडभान्स किल्निक कल्यपुरमा र २२ बर्षीय शंकर साह ,२५ बर्षीय बिजय कुमार यादव, गाडि चालक २५वर्षीय मुकेश कुमार चौधरीको उपचार छिन्नमस्ता हस्पिटल राजविराजमा र ३० बर्षीय जय प्रकास साह, २३ बर्षीय चन्देश्वर साह, १७ बर्षीय तेज कुमार दास, १८ बर्षीय दिपक कुमार यादव, १८ बर्षीय कृष्ण कुमार दास, १९ बर्षीय उमेश कुमार यादवको स्थानीय क्लिनीमा उपचार भईरहको छ ।

घाईतेहरूको हाथ खुट्टा लगायत शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको ईलाका प्रहरी कार्यालय बोदे बसाईनले जनाएकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page