समाज

सप्तरीको बिरेन्द्र बजारमा सडक दुर्घटनामा परी एक युवकको घटना स्थलमै मृत्यु

बृजमान तामाङ /
बिरेन्द्र बजार, २६ फागुन ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारमा बुधबार सडक दुर्घटनामा परि एक २४ बर्षका युवाको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा स्थानीय प्रदीप कुमार सरदाको मृत्यु भएको हो ।
स ८प ६५५२ नम्बरको मोटरसाइकलमा सवार सरदारलाई साँझ साढे सात बजे ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छ्न । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको सरदार सवार मोटरसाइकललाई बिपरित दिशाबाट आउदै गरेको ट्रकले ठक्कर हानेर भागेको स्थानीय बासीले जानकारी दिए ।
ठक्कर हानेको आशंकामा स १ त ७५३७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रण राखिएको छ ।
घटना स्थलमा प्रहरी पुगेपनी घटनाको बारेमा माथिबुझ्न भन्दै ट्रकको पहिचान खुलाउन चाहेन । प्रहरीले घटना बारे अनुसान्ध गरिरहेको तथा शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाएको स्थानीयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page