समाज

मानव सेवा आश्रम विराटनगरद्वारा सडक मानवको उद्धार गरी परिवारसँग पुनरमिलन

उत्सव आचार्य

कञ्चनरुप (सप्तरी), चैत्र ७ गते । मानव सेवा आश्रम विराटनगर शाखाले सप्तरीको कञ्चनरुप नगरपालिका– ८ कंचनपुरका बब्लु चौधरीलाई पुनरमिलन गराएको छ ।
परोपकारी नेपाली मनहरुको मुठ्ठि मुठ्ठिको सहयोगमा सञ्चालित मानव सेवा आश्रम (मानवता प्रवद्धन महाअभियान) ले शुक्रबार राती चौधरीलाई पुनरमिलन गराएको हो ।
मानव सेवा आश्रमका प्रदेश नम्बर १ का संयोजक नवराज केसीको नेतृत्वमा आएको टोलीले चौधरीको घरमै आई कञ्चनरुप नगरपालिकाका प्रेस सल्लाहकार एवम् समाजसेवी उत्तम प्रसाद आचार्यको रोहवरमा चौधरीका ७२ वर्षीय ससुरा कालिपथ अधिकारी र २४ वर्षीय छोरा विशाल चौधरीको जिम्मा लगाई परिवारमा पुनरमिलन गराएको हो ।
५० वर्षीय बब्लु चौधरी ज्याला मजद्री गरी आफ्नो परिवारको गुजारा चलाउँदै आएको अवस्थामा एक्कासी घरपरिवारको सम्पर्कमा नै नआई वेपत्ता भएका थिए । २०७७ साल माघ १६ गते मानव अधिकार आयोगको समन्वयमा विराटनगर स्थित कंचनबारी चौकमा शरीरमा घाउ खटिरा भएको र हात खुट्टा दुख्ने अवस्थामा सडक पेटीमा डुलीरहेको अवस्थामा फेला पारी उद्धार गरी मानव सेवा आश्रममा लगेको संयोजक केसीले जानकारी गराउनुभयो ।

सेवा नै धर्म हो त्यसैले सडकपेटी र सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गर्दै आएका सहयोगापेक्षी मानिसहरुको स्वास्थ्यमा सुधार आएपछि आफ्नो परिचय सहित परिवारको विवरण र ठेगाना बताउन सक्ने भएपछि पारिवारीक पुनरमिलन गराइएको केसीले बताउनुभयो ।
विराटनगर स्थित जय श्री प्रिन्टिङ्ग प्रेसमा २५ वर्ष, कृष्णा प्रिन्टिङ्ग प्रेसमा ३ वर्ष पिपल चौक स्थित रहेको एडफूड सेकुवा कर्नरमा १ वर्ष, कंचनबारी रेष्टुरेन्टमा १ वर्ष ज्याला मजदुरीको काम गरेको र कंचनबारीबाटै कसरी सडक पेटीमा पुगे आफूलाइनै थाहाँ नभएको बब्लुले बताउनुभयो ।
खबर नै नगरी चौधरी एक्कासी घरमा आइपुग्दा परिवारका सबैको हर्षले आँखा रसाएका थिए । हामीले त आस मारिसकेका थियौ तर मानव सेवा आश्रमले आज परिवारमा ल्याएर श्रीमानको पुनरमिलन गराएकोमा खुशी व्यक्त गर्नुहुन्छ चौधरीकी श्रीमति लक्ष्मी चौधरी ।
सोही दिन भारत फारमीसगञ्जका राजु मण्डल, धरानका मोतिबहादुर बुढाथोकीलाई पनि निजकै घरमा लगि पुनरमिलन गराएको र आश्रममै आई देवकी सहनी र सकुन्तला मण्डललाई परिवारका सदस्यहरुले लिएर गएको आश्रमका मनोज घिमिरेले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page