कोशी प्रदेश समाज

तेह्रथुमको लाप्छायाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

तेह्रथुम । तेह्रथुमको लाप्छायाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गत राती साढे ९ बजे तेह्रथुम ७ लाप्छायाङ टोल स्थितमा जिप अनियन्त्रीत भई भिरबाट खस्दा चालक तेह्रथुम मन्छायायेम गाउँपालिक ५ का ४६ बर्षीय कृष्ण खापुङ गम्भिर घाईते भएका थिए । घाईते खापुङको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
म्याङलुङ देखि मोराहाङ तर्फ जादै गरेको को १ ज ३४०९ को जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।
जिपमा अन्य सवार कोही नभएको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page