सप्तरी । कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि पर्सामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो । बिहीबार बिहान ४ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएयता हालसम्म पर्सामा १७ जनाको मृत्यु भएको छ ।
Add Comment