कोशी प्रदेश समाज

सुनसरीको दुहवीमा लिफ्टमा टाउको चेपिएर १९ वर्षीय युवकको मृत्यु

सुनसरी । सुनसरीको दुहवीमा लिफ्टमा चेपिएर १९ वर्षीय युवकको मृत्यु भएको छ ।
दुहबी नगरपालिका ८ फुटानी चोक स्थितमा रहेको पशुपती फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुरका १९ बर्षीय रुपेश कुमारको मंगलबार राती ९ बजे लिफ्टमा चेपिएर मृत्यु भएको हो ।
फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page