समाज

महोत्तरीको सम्सीमा एक प्रहरी जवान मृत फेला

महोत्तरी । महोत्तरीको सम्सीमा एक प्रहरी जवान मृत फेला परेका छन।
मृत फेला पर्नेमा पर्साको बौरामाई नगरपालिका–१ का २५ वर्षीय जितेन्द्र साह रहेका छन।
उनी प्रहरी चौकी सम्सीबाट उत्तर पश्चिम स्थित चौरमा रहेको आँपको बगैचामा रहेको रुखमा झुन्डिएको अवस्थामा मंगलबार फेला परेका हुन।
ढल्केवरमा स्थित प्रहरी गणमा दरबन्दी रहेका उनी विगत ७ महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत थिए।
प्रहरी जवान साहले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको महोत्तरीका एसपी दिनेश आचार्यले बताउनुभयो । यद्यपि प्रहरीले विस्तृत अनुसन्धान थालेको उहाँले बताउनुभयो ।
उनको विवाह आगामी जेठ ७ गते हुने तय भएको थियो । बिहेकै लागि बिदा लिएर घर जाने तयारीमा रहेको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page