समाज

सप्तरीको पोर्ताहमा ट्रकको ठक्करबाट एक दम्पतीको घटनास्थलमै मृत्यु

सप्तरी , २८ वैशाख । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहमा आज विहान ट्रकको ठक्करबाट एक दम्पतीको घटनास्थलमै मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ३८६१ नम्बरको मालबाहक ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार हनुमाननगर कंकालिनी नगरपालिका १ भलुवाका ५० वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमति ४५ वर्षीया सुनिता देवीको मृत्यु भएको हो ।
आवश्यक कामले साइकलमा सवार भएर घर नजिकै रहेको बरमझिया बजार जाने क्रममा विपरित दिशाबाट आएको ट्रकले उनीहरुलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराज लागिएको छ भने ट्रक र चालक नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page