स्वास्थ्य

कञ्चनरुपमा आज १ महिला सहित ८ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराज स्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पिसिआर परीक्षणमा १ महिला सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित हुनेमा कञ्चनरुप १ का ६० वर्षीय पुरुष, वडा नं.२ का २८र ३३ वर्षीय पुरुष, वडा नं. ४ का ४० र ७५ वर्षीय पुरुष, वडा नं. ८ की ५८ वर्षीया महिला, वडा नं. ९ का ४७ वर्षीय पुरुष र वडा नं. १२ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page