कोशी प्रदेश समाज

कटारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर २९ वर्षीया गीताको मृत्यु

उदयपुर । उदयपुरको कटारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटारी नगरपालिका ८ मरुवाखानी की २९ वर्षीया गीता बिक रहेकी छन् ।
उनको बुधवार साँझ ६ बजेको समयमा मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा अचानक भिरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको हो ।
सूचना प्राप्त भए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोली घटनास्थलमा खटि गई थप अनुसन्धान भइरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page