समाचार

सप्तरीमा भोलीबाट दैनिक २ घण्टा अत्यावश्यक सेवाका खाद्यान्न पसलहरु खुल्ने

कञ्चनरुप । सप्तरीमा भोली सोमवार देखि अत्यावश्यक सेवाका खाद्यान्न पसलहरु २ घण्टा खुल्ने भएको छ ।
आज आइतबार जिल्ला कोभिड १९ संकट व्यवस्था केन्द्रको बसेको बैठकले सो निर्णय गरेको हो ।
वैशाख २५ गते राती १२ बजे देखि जिल्लाका शहरी क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरिएकोमा सर्व साधारणलाई अत्यावश्यक खाद्यान्न सामाग्री खरिद बिक्री गर्न समस्या परेको भन्ने गुनासो आएको हुँदा १० गते सोमबार देखि लागु हुने गरी बजारमा रहेको सटरबाट मात्र बिक्री हुने खालका अत्यावश्यक सेवाका खाद्यान्न पसल साँझ ५ बजे देखि ७ बजेसम्म खोल्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गरी उल्लेख गरेको छ ।
उक्त अवधीमा खोलिएका पसलले स्वास्थ्य मापदण्ड पालना गरेर मात्र पसल संचालन गर्ने तर फूट पाथमा बिक्री गर्ने पसल र हटिया संचालन गर्न नपाइने निर्णय गरेकोले सोही अनुसार गर्न गराउन प्रशासनले सूचना मार्फत जानकारी गराएको छ ।

   

You cannot copy content of this page