समाज

४३ औं पुष्पलाल तथा ३९ औं बिपि स्मृति दिवसको अवसरमा सप्तकोसीमा वृक्षारोपण

फत्तेपुर सम्बादाता । ४३ औं पुष्पलाल स्मृति दिवस तथा ३९ औ बिपि स्मृति दिवसको अवसर पारेर सप्तकोसी नगरपालिकाले बिहीवार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
सप्तकोसी नगरपालिका वडा नम्बर ११ को कार्यालय परिसरमा आयोजीत बृक्षारोपण कार्यक्रममा बोल्दै सप्तकोसी नगरपालिका का मेयर उत्तम कुमार गौतमले निरङ्कुस निर्दलिय पन्चायती ब्यबस्थाको अन्त्य गरि देशलाई प्रजातान्त्रिक समाजबादको अग्रगती मा फडको मारी अघि बढाउन स्वर्गीय पुष्पलाल र बिपिको अतुलनीय योगदान रहेको बताउनुभयो । देशमा गणतान्त्रिक व्यवस्थाको बिजारोपण गरि जनताकै छोरा छोरी शासन सत्ताको बागडोर समाल्ने पहुचमा आज पुग्नु नै उहाँहरुको देन रहेको स्पष्ट पार्नु भयो।

आजका देश भक्त सबै जनताले उत्तिकै सम्मानका साथ आज पनि सम्झन योग्य ब्यक्तिका रुपमा स्वर्गीय नेताहरु रहेको मेयर गौतमले बताउनुभयो ।
बृक्षारोपण कार्यक्रममा कृषि ज्ञान केन्द्र सप्तरीले आँप र लिच्चिका बोटबिरुवा उपलब्ध गराएको थियो।

कार्यक्रममा सप्तकोसी नगरपालिकाका कार्यकारी प्रमुख रामदेव चौधरी , कार्यपालिका सदस्य सर्मिला खडका ,वडा अध्यक्ष डोलेस्वर खड्का, नेकपा एमाले सप्तकोसी नगर कमिटी अध्यक्ष पारस दाहाल , कृषि शाखाका सञ्जय मल्ल र राष्ट्रिय युवा संघ नेपाल, कञ्चनरुप नगर कमिटि अध्यक्ष जैनुदिन मियाँ लगायतको उपस्थिति रहेको थियो।

   

You cannot copy content of this page