समाचार

‘नेपाल मास्क अभियान’;सप्तरी प्रहरीद्वारा १७ सय ३५ मास्क वितरण

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी), २८ साउन ।
सप्तरी प्रहरीले कोरोना भाइरस संक्रमण बढिरहेको अवस्थामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै ‘नेपाल मास्क अभियान’ लाई निरन्तरता दिदै आएको छ । मास्क र सेनिटाईजरको प्रयोग गरौं, कोरोनाबाट बचौं सम्बन्धी जनचेतनामुलक पर्चा सहित विभिन्न संघ संस्थाबाट सहयोग स्वरुप प्राप्त १७ सय ३५ थान मास्क वितरण गरिएको हो ।
कोरोना महामारिको तेश्रो लहरको जोखिमबाट हुन सक्ने सम्भावित खतराबाट आम नागरिकहरुलाई बच्न र बचाउने उदेश्य अनुरुप जिल्ला प्रहरी कार्यालय सप्तरी र सामुदायिक प्रहरी सेवा केन्द्र सप्तरीको संयुक्त आयोजनामा नेपाल सरकारद्वारा संचालनमा ल्याएको नेपाल मास्क अभियान कार्यक्रम अन्तर्गत “महामारी नियन्त्रण र रोकथाम मेरो प्रतिवद्धता मास्क र सेनिट्राईजर नै हो आजको आवश्यक्ता” भन्ने मुल नाराका साथ तपाईको मास्क खै अभियान सञ्चालनमा ल्याएको हो ।
प्रहरीले सदरमुकाम राजविराज लगायत जिल्लाको विभिन्न बजारहरुमा मास्क खोई अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयभान द्विवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले सडकमा आई सर्वसाधारणले मास्क लाए नलाएको अनुगमन गरी मास्क नलगाएकाहरुलाई निशुल्क मास्क समेत वितरण गरेको छ ।
कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड १९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
प्रहरीले भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध गरेको छ ।

कोरोना भाइरसको संक्रमण दिनानुदिन बढिरहेको बेला प्रहरीको यस अभियानले कोरोना संक्रमण रोक्न सघाउ पु¥याउने विश्वास लिईएको छ ।
जिल्ला प्रहरी कार्यालयका कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका अध्यक्ष लगायत अन्य पदाधिकारी र ट्राफिक प्रहरी समेतको सहभागितामा जिल्लाका बिभिन्न स्थानहरुमा मास्क वितरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page