समाचार

रेल्वे कम्पनीका महाप्रबन्धकबाट गुरुप्रसाद भट्टराईले दिए राजीनामा

काठमाडौँ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । भट्टराईले बुधबार महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन् ।
आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै राजीनामा घोषणा गरेका हुन् ।
भट्टराई १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page