समाचार

सप्तरीमा मोटरसाइकल बोकेको ट्रक दुर्घटना हुँदा लाखौको क्षति

कञ्चनरुप । सप्तरीमा मोटरसाइकल बोकेको ट्रक अनियन्त्रित भइ पल्टिँदा लाखौ को क्षति भएको छ ।
बिहीवार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ चाँदनी चौकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बजाज कम्पनीको मोटरसाइकल बोकेको ना २ क २०८ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा लाखौंको क्षति भएको हो ।
तीव्र गतिमा रहेको ट्रक बुटवलबाट ईटहरी गोदाममा लैजाँदै गर्दा अनियन्त्रित भई सडक किनारको खाल्डामा पल्टिएको र ट्रकमा बजाज कम्पनीको पल्सर २२० सिसिको ४० वटा मोटरसाइकल रहेको ईलाका प्रहरी कार्यालय महुलीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरी बताएको छ ।
बिपरीत दिशाबाट आउँदै गरेको गाडीले अर्को गाडीलाई उछिनेर आईरहेको अबस्थामा साईड दिने क्रममा ट्रक कोल्टो परेकोले एकातिर भारी भई पल्टिन पुगेको ट्रक चालकले जानकारी दिए ।
ट्रक चालक र सह–चालकलाई सामान्य चोटपटक लागेको तथा उनीहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचारपछि फर्किएको प्रहरी जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page