डम्बर राई /
कञ्चनरूप ,भदौ १ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कञ्चनरुप नगरपालिका १२ मा वडा भेला सम्पन्न गरेको छ । मंगलवार फुलवारी पाटीप्यालेस रुपनगरमा आयोजित भेलाले पार्टीमा विखण्डनकारी तत्वहरुको घुसपैठ हुन नदिन साथै संगठनमा नकरात्मक आँच आउने किसिमको गतिविधिलाई रोक्न जस्तो सुकै सामना गर्नुपरेपनि गर्न तयार हुने अठोट गरेका छन् ।
वडा स्तरीय विभिन्न सेल कमिटी गठन गर्ने, पार्टी सकृय सदस्यको नविकरण तथा सदस्यता प्रदान गराउँन आवेदन गर्ने र यहि भदौ ११ गते सोही स्थानमा वडा अधिवेशन गर्ने भएको छ । अब बन्ने कमिटीले छुट्टै किसिमको उर्जा लिइएर आउने छ किनकी एमालेको ऐतिहासिक गढ भएको यस क्षेत्रमा पनि यो वडा अगाडी नै रहेको स्थानिय नेता मित्र नारायण श्रेष्ठले बताए । जिल्ला कमिटी सदस्य एवं वडा प्रतिनिधि समेत रहेका श्रेष्ठको अनुसार, २५ सदस्य आयोजक समिति गठन गरिएको छ जसमा १७ जना वडा कमिटी र आठजना भेलाको निर्णयले थप गरेको हो ।
अधिवेशनमा आदिवासी जनजाती, महिला, युवा, दलित, मधेशी, मुस्लीम लगायत जनवर्गिय संगठनपनि गठन हुने आयोजक समितिले जनाएको छ । भेला कार्यक्रमका अतिथि जिल्ला कमिटी सदस्य पेशल जोशीले भने, परिवर्तनशिल , उर्जाशिल तथा आविष्कारकको गुण कम्युनिष्ट शिद्घान्तमा हुन्छ साथै समाज विकासमा एकरुपतासंगै आपसी सहयोग र सदभाव पनि उत्तिकै राख्दछ । उनले नेपालमा कम्युनिष्टको उदय,तथा स्थापनाको इतिहासको पाना पल्टाउदै यस मुलुकलाई साँच्चै कै परिवर्तनको दिशामा धकेल्नका लागि नेकपा एमाले विकल्प नरहेको दावी गरे ।
जिल्ला कमिटी सदस्यद्वय मित्र नारायण श्रेष्ठ, भुवन केसी नगर संयोजक बच्चुलाल चौधरी, राष्ट्रिय युवा संघ नेपालका नगर अध्यक्ष मो. जैमुदिन मियाँ लगायत बाक्लो उपस्थिति थियो । प्रेस चौतारी नेपाल सप्तरी शाखाका सचिवालय सदस्य उत्तम प्रसाद आचार्यले भेलाको संचालन गरेका थिए ।
Add Comment